close

मन्थली नगरपालिकाको स्थापना दिवसमा बिरामीलाई फलफूल

मन्थली नगरपालिकाको स्थापना दिवसमा बिरामीलाई फलफूल

Trulli
ADVERTISEMENT

रामेछाप– मन्थली नगरपालिकाले दशौं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । 

पालिकाको दशौं स्थापना दिवसका अवसरमा शनिबार पालिकाभित्रका सरकारी, सामुदायिक र निजी अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका नगरप्रमुख  लब श्रेष्ठ, उपप्रमुख इश्वरी बस्नेत, वडाध्यक्षहरू, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थितिमा फलफूल वितरण गरेको नगरपालिकाले जनाएको छ ।