close

शुक्लाफाँटामा दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

शुक्लाफाँटामा दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

Trulli
ADVERTISEMENT

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा दक्ष जनशक्ति अभावमा इसिजी र अल्ट्रासाउण्डलगायतका उपकरण प्रयोगविहीन अवस्थामा छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन नसकेको हो । स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जनाएको छ ।

चौकीमा भएको मेसिन सञ्चालन गर्न दुई जना दक्ष प्राविधिकको आवश्यक पर्छ । गर्भवती जाँचका लागि राखिएको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन भने सञ्चालनमा रहेको छ ।