close

१०० जना मोतीविन्दु रोगीको शल्यक्रिया

१०० जना मोतीविन्दु रोगीको शल्यक्रिया

Trulli
ADVERTISEMENT

दोलखा- गौरिशङ्कर गाउँपालिकाद्वारा आयोजित निःशुल्क मोतिविन्दु छनोट शिविरबाट करिब १०० जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र संघ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा विभिन्न स्थानमा भएको चार दिने निःशुल्क मोतिविन्दु छनोट शिविरबाट भेटिएका १३० मोतीविन्दु रोगीमध्ये ६४ को निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।

नेपाल नेत्र संघ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा पालिकाको मन्थली, गुरुम्फी, झयाकु र जुँगुको स्वास्थ्य चौकीमा भएको मातीविन्दु छनौट आँखा शिविरबाट ७०२ जनाको आँखाको परीक्षण तथा औषधि वितरण गरिएको थियो ।