close

पैयूँका २४ स्वास्थ्यकर्मीलाई डिजिटलाइजेसन तालिम

पैयूँका २४ स्वास्थ्यकर्मीलाई डिजिटलाइजेसन तालिम

Trulli
ADVERTISEMENT

पर्वत– पैयूँ गाउँपालिकाले स्वास्थ्य चौकीलाई प्रविधिमैत्री बनाउन स्वास्थ्य कर्मीलाई तालिम दिएको छ । स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाएर प्रभावकारी सेवा दिने उद्देश्यले गाउँपालिकाले शनिबारदेखि दुईदिने तालिम उपलब्ध गराएको हो । 

डिजिटलाइजेसनको थालनीले स्वास्थ्य क्षेत्रका नयाँ समस्या, बिरामीको तथ्याङ्क सङ्कलन तथा गाउँपालिकाको समग्र स्वास्थ्य अवस्थाको बारेमा तथ्यगत जानकारी लिन सहज हुने स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलले बताए । 

तालिममा गाउँपालिकाका २४ जना स्वास्थ्यकर्मीलाई डिजिटलाइजेसन सम्बन्धी तालिम प्रदान गरिएको छ । सो मध्ये गाउँपालिकाका १० वटा स्वास्थ्य चौकीबाट २/२ जना र पैयूँ गाउँपालिकाको आधारभूत स्वास्थ्य संस्थाबाट ४ जनाको सहभागिता रहेको थियो ।

तालिमपछि प्रत्येक वडाका स्वास्थ्य चौकीमा ‘डिजिटलाइजेसन’ सेवा सुरु गर्ने उनले बताए ।