close

हजार दिने आमालाई पोषण सामग्री वितरण

हजार दिने आमालाई पोषण सामग्री वितरण

Trulli
ADVERTISEMENT

दोलखा- वैतेश्वर गाउँपालिका-१ गैरिमुदिका गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ । 

गाउँपालिकाले १००० दिने आमालाई हर्लिक्स, चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो । चालु वर्षको महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा नम्बर-१ का दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई उक्त सामग्री वितरण गरिएको वैतेश्वर गाउँपालिकाले जनाएको छ । 

पोषण सामग्री वितरण गर्दै पालिका अध्यक्ष छवि लामाले गाउँपालिकाले वडा नम्बर-१ मात्रै नभई सबै वडामा यस पोषण कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।