close

प्रजनन् स्वास्थ्य शिविरबाट १०१ महिलाले सेवा लिए

प्रजनन् स्वास्थ्य शिविरबाट १०१ महिलाले सेवा लिए

Trulli
ADVERTISEMENT

खोटाङ- ऐसेलुखर्क गाउँपालिकामा प्रजनन् स्वास्थ्य रुग्णता शिविरमा १०० भन्दा बढी महिला लाभाम्वित भएका छन् । ऐसेलुखर्क गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहाकार्यमा सञ्चालन गरिएको शिविरमा  १०१ जना महिलाले सेवा लिएका हुन् । 

गाउँपालिकाको राखाबाङदेलमा ७१ जना र बकाचोलमा ३० जना महिलाले विभिन्न सेवा लिएको स्वास्थ्य शाखा संयोजक सचिन श्रेष्ठले जानकारी दिए । ग्रामिण क्षेत्रका महिलाहरु आर्थिक अबस्था कमजोर हुनुका साथै उपचारबाट बन्चित भएका महिलाहरुको  स्वास्थ्य चौकीबाटै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएको छ । 

शिविरमा फिस्टुला, आङ खस्ने समस्याहरुको उपचार, पाठेघरको मुखको क्यान्सर जाँच तथा परिवार नियोजन सेवालगायतका सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।