close

प्रत्येक वडामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै चापाकोट

प्रत्येक वडामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै चापाकोट

Trulli
ADVERTISEMENT

स्याङ्जा- चापाकोट नगरपालिकाले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

पुस १२ देखि प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको चापाकोट नगरपालिकाकाले जनाएको छ । शिविर प्रत्येक वडाको स्वास्थ्य चौकीमा सञ्चालन हुने नगरपालिकाकी उपप्रमुख ईशा रानाले पालिकाखबरलाई जानकारी दिइन् । 

शिविरमा भिडियो एक्सरे, इसिजि, आाखा र दन्त सेवा तथा पाठेघरको क्यान्सरको परीक्षण हुने नगरपालिकाले जनाएको छ ।  शिविरमा चापाकोट अस्पतालमा कार्यरत चार जना डाक्टरसहित थप दुई गरी छ जना डाक्टरहरु प्रत्यक्ष रुपमा सहभागी हुनेछन् । 

पुस १२ गते वडा ६ को साँखर स्वास्थ्य चौकीमा, १३ गते ६ को खासा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा, १७ गते ५ को सेखाम स्वास्थ्य चौकीमा, १८ र १९ गते ४ को मल्याङ्कोट स्वास्थ्य चौकीमा, २० गते ३ को दिसिङकोट आधारभूत स्वास्थ्य सेवा केन्द्र, बाहुनडाँडामा शिविर सञ्चालन गरिने कार्यतालिका छ । 

त्यसैगरी २२ गते २ को रत्नपुर स्वास्थ्य चौकीमा, २३ गते १ को कुवाकोट स्वास्थ्य चौकीमा, २४ गते १० को बारीकुना आधारभुत स्वास्थ्य सेवा केन्द्रमा, २५ गते ८ को बेलडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र २६ र २७ गते चापाकोट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।