close

हलेसी तुवाचुङमा ३ दिने आँखा शिविर सम्पन्न

हलेसी तुवाचुङमा ३ दिने आँखा शिविर सम्पन्न

Trulli
ADVERTISEMENT

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सम्पन्न भएको छ । 

आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा सम्पन्न भएको हो । 

शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु आएका थिए ।

तीन दिनको अवधिमा ५० जना नि:शूल्क शल्यक्रिया गर्नुका साथै करिब ७०० जनाले परीक्षण सेवा पाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले नगरपालिका नागरिकको समस्यासँगै रहेको हुँदा आवश्यकताअनसार शिविर सञ्चालन गरेको बताइन । उनले यसअघि पाठेघरको क्यान्सरसम्बन्धी शिजिर सञ्चालन गरेको समेत स्मरण गरिन् ।