close

गर्भ अवस्थाबारे पूर्व जानकारी दिन विष्णुपुरमा निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड

गर्भ अवस्थाबारे पूर्व जानकारी दिन विष्णुपुरमा निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड

Trulli
ADVERTISEMENT

सर्लाही– विष्णुपुर गाउँपालिकाले निःशुल्क ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने भएको छ । गर्भवती महिलाको गर्भको अवस्था तथा भविष्यमा पर्न सक्ने सम्भावित जोखिम सम्बन्धि पूर्व जानकारीका लागि  गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । 

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा साे कार्यक्रम सञ्चालन गर्न लागेकाे जनाइएकाे छ ।

उक्त कार्यक्रम बत्रौल स्वास्थ्य चौकीमा पुस १६ गते, आधारभुत स्वास्थ्य सेवा केन्द्र दुल्वामा पुस १७ गते, आधारभूत स्वास्थ्य सेवा केन्द्र, विश्वननाथपुर पुस १८ गते, मधुवनगोठ स्वास्थ्य चौकीमा पुस १९ गते, वाराउधोरण स्वास्थ्य चौकीमा पुस २० गते, आधारभुत स्वास्थ्य सेवा केन्द्र गोटपकडीमा २२ गते, आधारभूत स्वास्थ्य केन्द्र पकडी फेन्हारामा पुस २३ गते र सिमरा स्वास्थ्य चौकीमा पुस २४ गते १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।