close

किराना पसलबाट सुर्ती बेच्न नपाइने, सुर्ती बेचबिखनका लागि छुट्टै दर्ता

किराना पसलबाट सुर्ती बेच्न नपाइने, सुर्ती बेचबिखनका लागि छुट्टै दर्ता

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न दर्ता अनिवार्य बनाइएको छ । 

साना खुद्रा पसलमा चुरोट, गुटका र खैनी खुलेआम बिक्री हुन थाले पछि आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न अनिवार्यमा दर्ता गर्नुपर्ने भएको छ । 

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरण गर्न बन्देज लगाइनेछ’ भनी उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ । 

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा दर्ता नगरी सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् । सूचनाअनुसार बिक्रीका लागि छुट्टै दर्ता गर्नुपर्नेछ ।