close

हेटौडा उपमहानगरपालिका- ३ मा स्वास्थ्य शिविर

हेटौडा उपमहानगरपालिका- ३ मा स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

मकवानपुर- हेटौडा उपमहानगरपालिका–३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

बसामाडी स्वास्थ्य चौकी हेटौडा–३ को आयोजना तथा ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा सुगर तथा प्रेसर चेकजाँच, सामान्य स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बसामाडी स्वास्थ्य चौकीमा भएको शिविरमा वडामा बसोबास गर्ने ४० जनाले इसीजी सेवा, ८० जनाले सुगर चेकजाँच सेवा र २१५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेका वडाध्यक्ष ढलक बहादुर थापाले बताए ।