close

तिलाका स्वास्थ्यकर्मीको मनपरी : कार्यरत २१ मध्ये ६ जनामात्र ड्युटीमा

तिलाका स्वास्थ्यकर्मीको मनपरी : कार्यरत २१ मध्ये ६ जनामात्र ड्युटीमा

Trulli
ADVERTISEMENT

जुम्ला- तिला गाउँपालिकाका अधिकांश स्वास्थ्यकर्मी बिनाजानकारी बिदामा बस्ने गरेको पाइएको छ । गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गरिएको अनुगमनको क्रममा अधिकांश स्वास्थ्यकर्मी कार्यालयमा नभेटिएको हो । 

तिला गाउँपालिका-२ रारालिही स्वास्थ्य चौकीमा ८ जना कार्यरत हुनुपर्नेमा एकजना स्वास्थ्यकर्मीमात्र काममा खटिएका पाइएको छ । 
त्यस्तै, तिला गाउँपालिका-३ कुडारीमा १० जनामा कार्यरत रहेको गाउँपालिकाको तथ्यांकले देखाउछ तर, अनुगमनको क्रममा २ जनामात्र कार्यरत थिए । कुडारी स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र अहेव मात्रै थिए । स्वास्थ्य चौकी इन्चार्जसहित अधिकांश स्वास्थ्यकर्मी कार्यालयमा अनुपस्थित थिए । 

वडा नम्बर-४ रावतबाडा आधारभूत स्वास्थ्य चौकीमा पनिमा पनि उस्तै समस्या- कार्यरत ४ जना हुनुपर्नेमा १ जनामात्र काममा भेटिएको गाउँपालिका उपाध्यक्ष बुढाले पालिकाखबरलाई बताइन् । उनका अनुसार रावतबाडामा एक जना अनमीमात्रै उपस्थित थिइन् ।

`व्यापक गुनासो बढेपछि हामीले अनुगमन गरेका थियौँ । आधाभन्दा धेरै स्वास्थ्यकर्मी काममा थिएनन्,´ उपाध्यक्ष बुढाले पालिकाखबरसँग भनिन्,` उहाँहरू किन र केका लागि बिदामा हुनुहुन्छ । गाउँपालिकामा जानकारी छैन । अब उपयुक्त निर्णय लिन्छौं ।´ गाउँपालिका उपाध्यक्ष बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष पनि पालिकाबाहिर छन् । दुवैजना आएपछि आवश्यक कारबाही प्रकृया अगाडि बढाइनेछ । 

तिलामा जम्मा १३  रहेका छन् । पाँच वटा स्वास्थ्य चौकी, चार वटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ गरी जम्मा स्वास्थ्य संस्था छन् । स्वास्थ्यकर्मी विदा बसेको विषयमा कुनै पनि जानकारी नभएको स्वास्थ्य शाखाका प्रमुख हर्क रावत बताउछन् ।  
सम्बन्धित ईन्चाजलाई जानकारी भए/नभएको जानकारी लिने काम भइरहेको उनले बताए ।