close

स्वास्थ्य शिविरबाट ३०४ ज्येष्ठ नागरिक लाभाम्बित

स्वास्थ्य शिविरबाट ३०४ ज्येष्ठ नागरिक लाभाम्बित

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिका वडा नम्बर २९ को आर्थिक सहयोग र वडा स्तरीय ज्येष्ठ नागरिक समितिको सहकार्यमा आयोजित आँखा शिविरबाट ३०४ जनाले सेवा लिएका छन् ।

वडाभित्रका ज्येष्ठ नागरिक, अपांग र असहायहरुका लागि स्वास्थ्य परामर्शसहित राखिएको कार्यक्रममा २८२ जनाको आँखा परीक्षण गर्दा एक जनाको जलविन्दु र १७ जनाको मोतियाविन्दु देखिएको थियो ।

सेवा लिएका बिरामीहरुलाई निशुल्क चश्मा तथा औषधी वितरण गरिएको थियो । जटिल प्रकृतिका बिरामीहरुलाई थप उपचारको हिमालय आँखा अस्पताल पोखरा लगिएको आयोजकले जनाएको छ ।