close

बागमतीको पोषणभत्ता : छाेरी जन्माउनेलाई ५ हजार रुपैयाँ

बागमतीको पोषणभत्ता : छाेरी जन्माउनेलाई ५ हजार रुपैयाँ

Trulli
फाइल तस्विर
ADVERTISEMENT

सर्लाही– बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई पाँच हजार  र छोरा जन्माउने आमालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गर्दै आएको  छ । नगरपालिकाले सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखी साे भत्ता वितरण गर्दै आएकाे हाे । 

नगरपालिकामा सुत्केरी महिला तथा बालपोषण भत्ता कार्यक्रम २०७४ देखि लागू गरिएको जनस्वास्थ्य निरीक्षक पदमबहादुर रायले बताए । नगरपालिकाअन्तर्गतका प्रत्येक वडामा सो कार्यक्रम लागू गरेको छ । छोरी जन्माउने आमालाई पाँच हजार तथा छोरा जन्माउने आमालाई तीन हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गरिँदै आएको निरीक्षक रायले पालिकाखबरलाई बताए । 

'सुकुम्बासी बस्तीमा गरिबी छ  । जसले गर्दा सुत्केरी महिलाले राम्रो खानपान गर्न पाएका हुदैनन्,' उनले भने, 'नवजात शिशुहरुमा कुपोषण र रक्तअल्पता भेटिएका थिए ।' त्यसैले सुत्केरी महिलाहरुलाई राहत स्वरुप पाँच हजार र तीन हजार रुपैयाँका दरले भत्ता वितरण गरेको उनकाे भनाइ छ । 

उनकाअनुसार नगरपालिकाले मधेशमा छोरीलाई हेला गर्ने भएकाले छोरी जन्माउने आमालाई दुई हजार रुपैयाँ बढी पोषण भत्ता दिएकाे उनले सुनाए । नगरपालिकाले साे कार्यक्रमका लागि चालु आर्थिक वर्षमा करिब ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

चालु आवमा पालिकाभित्र २९१ जना छाेरा र ३७३ छाेरी जन्मिएकाे स्वास्थ्य शाखाका बहुक्षेत्रीय पोषण स्वयमसेवक अम्बिका अधिकारीले जानकारी दिइन् ।