close

दमकमा कटन क्यान्डी बिक्री वितरणमा प्रतिबन्ध

दमकमा कटन क्यान्डी बिक्री वितरणमा प्रतिबन्ध

Trulli
ADVERTISEMENT

झापा– दमक नगरपालिकाले कटन क्यान्डी बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिका क्षेत्रभित्र अनुमति लिएका र लेवल लगाएका बाहेकका कटन क्यान्डी बिक्री वितरणमा रोक लगाएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुमति लिएका र लेबल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा निरुत्साहन र प्रतिबन्ध गर्न तथा आवश्यक अनुगमन र नियमन गर्न पालिकालाई पत्राचार गरे अनुसार प्रतिबन्ध गरिएको नगरपालिकाले जनाएको छ । 

केहिदिन अघि राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोशालामा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङको प्रयोग गरि बिक्रि वितरण हुने कटन क्यान्डीको रङको परिक्षण गरेको थियो ।  परिक्षण गर्दा कटन क्यान्डीअखाद्य रङ रोडेमाइन बी को उपस्थिति पाइएको र सोको प्रयोगले बालबालिका र आम उपभोक्तामा गम्भीर असर पुर्याउने पत्ता लागेको थियो ।