close

१५४ जनाले लिए घरमै उपचार सेवा

१५४ जनाले लिए घरमै उपचार सेवा

Trulli
ADVERTISEMENT

रोल्पा– थवाङ गाउँपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा अशक्तता भएका नागरिकको घरदैलो उपचार गरेको छ । गाउँपालिकाले पुस २२ गतेदेखि माघ ७ गतेसम्म घरदैलो उपचार गरेको हो ।

गाउँपालिकाले शिविरमा ज्येष्ठ नागरिक तथा अशक्तता भएका १५४ जनाको घरदैलो उपचार गरेको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक तुलबहादुर पुन मगरले बताए । गाउपालिकामा २७० जना ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा अशक्तता भएका नागरिकमध्ये १५४ जनाको उपचार गरेको पालिकाखबरलाई जानकारी दिए ।

स्वास्थ्य कार्यालय रोल्पा र गाउँपालिकाको समन्वयमा ८० वर्ष माथिका ज्येष्ठ नागरिक एवं क र ख वर्गका असक्तता भएका नागरिकलाई निःशुल्क उपचार गरेको शाखा निरिक्षक मगरले सुनाए । उनकाअनुसार गाउँपालिकाअन्तर्गतका सम्पुर्ण वडामा रहेका स्थानीय जेष्ठ नागरिक तथा क र ख वर्गका अशक्त नागरिकको स्वास्थ्यकर्मीले घर–घरमा गएर निःशुल्क उपचार गरिन्छ ।

भौगोलिक विकटता भएको क्षेत्रमा ८० वर्ष माथिका ज्येष्ठ नागरिक हिडडुल गर्न नसक्ने भएकोले घरदैलो कार्यक्रममार्फ्त उपचार गरेको स्वास्थ्य प्राविधिक मिनबहादुर सुवेदीले बताए । यो कार्यक्रम पुस २२ गतेदखि माग ७ गतेसम्म सञ्चालन गरेको उनले बताए । ज्येष्ठ नागरिकमा हातखुट्टा झमझमाउने, हातजोर्नी दुख्ने, प्रेसर, अनिद्रालगायतका समस्या देखिएको स्वास्थ्य प्राविधिक सुवेदीले बताए ।

उनकाअनुसार प्राथमिक उपचार तथा रोगको औषधी निः शुल्क औषधी वितरण गरिएको छ ।