close

ज्येष्ठ नागरिकको घरघरमा उपचार

ज्येष्ठ नागरिकको घरघरमा उपचार

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परिक्षण गर्दै आएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक रामनारायण यादवका अनुसार पालिकाले ६० वर्षभन्दा माथीका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्दै आएको छ । स्वास्थ्य रुपमा कमजोर भएमा ५० वर्षदेखि पनि परिक्षण गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले ज्येष्ठ नागरिकको घरघरमा गएर मधुमेह तथा प्रेसरको उपचार गर्दै आएको उनको भनाई छ । बिरामीको लागि आवश्यक पर्ने औषधीसमेत गाउँपालिकाले नै निःशुल्क वितरण गर्ने उनले सुनाए । 

ज्येष्ठ नागरिक सहजै स्वास्थ्य संस्थामा जान नसक्ने र विभिन्न रोगबाट ग्रस्त हुने भएकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । गाउँपालिकामा करिब दुई हजार ५०० जना ज्येष्ठ नागरिक रहेको उनले सुनाए ।