close

प्रजातन्त्र दिवसमा विशेषज्ञ स्वास्थ्य शिविर

प्रजातन्त्र दिवसमा विशेषज्ञ स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

पर्सा- पर्सागढी नगरपालिकाको आयोजनामा यही फागुन ७ गते बृहत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।

नगरपालिकाले हाड जोर्नी, नशा, प्रसूति, छाला र यौन तथा कुष्ठरोग विशेषज्ञसहितको शिविरको आयोजना गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार प्रजातन्त्र दिवसको अवसरमा पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा नि:शुल्क सेवा दिइनेछ ।

शिविरबाट वरिष्ट कन्सलटेन्ट डा. श्याम बाबु प्रसाद, न्युरो सर्जन डा. संजिव झा, कन्सलटेन्ट सर्जन डा. मुकुन्द यादव,  अप्टोमेत्रिस्ट डा. आदित्य तिवारीलगायतले सेवा प्रदान गर्नेछन् । जसका लागि नगरपालिकाले एल.एस. न्यूरो अस्पताल विरगंजको प्राविधिक सहयोग लिएको स्वास्थ्य शाखाका सिनिअर अहेव अमरुदिन मियाँले बताए । 

यसका साथै शिविरमा आँखाको परीक्षण तथा उपचार, पाठेघर खस्ने समस्याको जाँच र रीङ पेशरी सेवासँगै स्वास्थ्य शिक्षा तथा परामर्श सेवासमेत प्रदान गरिने नगरपालिकाले जनाएको छ ।