close

खोपमा सहभागी हुन घरमै पुगेर निमन्त्रणा

खोपमा सहभागी हुन घरमै पुगेर निमन्त्रणा

Trulli
ADVERTISEMENT

पाल्पा– गाउँपालिकामा सञ्चालन हुन लागेको दादुरा तथा रुबेला खोप अभियानमा कुनैपनि बालबालिका नछुटुन् भनेर तिनाउ गाउँपालिकाले पुर्व तयारी गरेको छ । पालिकाका स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मीले विद्यालय र घरघरमा पुगेर खोप अभियानमा सहभागीता जनाउन अनुरोध गरेका छन् । 

स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मी गरि ५२ जनाले बालबालिकाको घरमा पुगेर खोप अभियानमा सहभागिता जनाउन अनुरोध गरेको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण कार्कीले बताए । उनका अनुसार गाउँपालिकामा रहेका ४० जना स्वयंसेविका र १२ जना स्वास्थ्यकर्मी घर घरमा पुगेर खोप अभियानमा सहभागी हुने निमन्त्रणा दिइरहेका छन् । 

गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वमंसेविकाले बिहीबारदेखि खोप उमेर समुहका बालबालिकाको घर घरमा पुगेर खोपका लागि निमन्त्रणा दिएको उनले बताए । 

गाउँपालिकाले विद्यालयमा गएर विद्यार्थीलाई आफ्नो परिवार र छिमेकमा रहेका बालबालिकालाई खोपबाट छुट्न नदिन जानकारी दिएको उनले पालिकाखबरलाई सुनाए । ९ महिना देखि ५९ महिनाका बालबालिकालाई आगामी आइतबारदेखि ३ दिनसम्म तिनाउ गाउँपालिकाले दादुरा तथा रुबेला खोप अभियान सञ्चालन गर्दै छ ।