close

एक दिने आँखा शिविरबाट २७७ जना लाभाम्वित

एक दिने आँखा शिविरबाट २७७ जना लाभाम्वित

Trulli
ADVERTISEMENT

भक्तपुर- सूर्यविनायक नगरपालिकामा शनिबार भएको एकदिने नि:शुल्क आँखा शिविरबाट २७७ जनाले सेवा लिएका छन् । 

सूर्यविनायक नगरपालिका-८ को आयोजना तथा ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरबाट मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने ५ जना बिरामी भेटिएका वडाध्यक्ष पुष्प राज बस्नेतले बताए ।

किवानीज क्लव अफ काठमाडौं सनसाइन र सूर्यविनायक युवा क्लवको सहकार्यमा आयोजना गरिएको सो शिविरको उद्घाटन बागमती प्रदेशको सांसद किरन थापाले गरे । शिविरमा सहभागी सबैलाई नि:शुल्क औषधि वितरण गर्नुका साथै केहीलाई चम्मा वितरण गरिएको छ । साथै मधुमेहको परीक्षणसमेत गरिएको वडाध्यक्ष बस्नेतले बताए ।