close

लालबन्दीमा आँखा शिविर : ४८३ जना लाभाम्वित

लालबन्दीमा आँखा शिविर : ४८३ जना लाभाम्वित

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिका- १७ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । 

लालबन्दी-१७ को वडा कार्यालयमा सोमबार सम्पन्न भएको शिविरबाट ४८३ जना लाभाम्वित भएका छन् । सो शिविरबाट सेवा लिएकामध्ये ६७ जनामा  मोतियाविन्दुको समस्या भेटिएको लाइन्स क्लव अफ लालबन्दीले जनाएको छ । 

लायन्स क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको शिविरबाट ३०० जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ । लाइन्स क्लवका अनुसार यसअघि वडा नम्बर-७, वडा नम्बर-१५ र १६ मा शिविर पनि शिविर सम्पन्न भएको छ । 

नगरपालिकाको विभिन्न स्थानमा शिविर सम्पन्न भएपछि मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्याक्रिया गरिनेछ । जसका लागि यही फागुन १८ गते सामुदायिक परोपकार आँखा उपचार केन्द्र लालबन्दीमा अप्रेसनको व्यवस्था गरिएको छ ।