close

बालबालिका भएकाे घरमा किन टाँस्दै छ स्टीकर ?

बालबालिका भएकाे घरमा किन टाँस्दै छ स्टीकर ?

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमि गाउँपालिकाले स्थानीय बासिन्दाको घर घरमा गएर स्टीकर टाँस गरेको छ । गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता गर्नको लागि घरघरमा स्टीकर टाँस गरेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख फकिर मोहम्मदका अनुसार पालिकाभित्रका सबै बालबालिकालाई सबै खोप लगाउनका लागि सो कार्यक्रम गरेको हो । गाउँपालिकाले १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाको घरमा स्टीकर लगाइने उनले पालिकाखबरलाई सुनाए । 

सो कार्यक्रमको लागि गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई खटाएको उनको भनाइ छ । गाउँपालिकाले बालबालिका भएका सबै घरमा स्टीकर लगाइसकेको बताए । तर आधिकारिक तथ्यांक आउन बाँकी रहेको उनले सुनाए ।