close

लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाउन सफल

लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाउन सफल

Trulli
ADVERTISEMENT

रसुवा– देशव्यापी अभियानका रुपमा सञ्चालन भएको दादुरा रुवेला खोप अभियानमा गोसाईकुण्ड गाउँपालिका लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाउन सफल भएको छ । 

पालिकाले यहि फागुन १६ गतेदेखि १९ गतेसम्म खोप अभियान चलाएको थियो । सो समयमा पालिकाभित्रका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाएको हो । 

गाउँपालिकाले ६२० जना बालबालिकाहरुलाई खोप लगाउनुपर्ने लक्ष्य लिएको थियो । १८ वटा खोप केन्द्रबाट गाउँपालिकाले लक्ष्यको १०६ प्रतिशत बालबालिकालाई खोप लगाउन सफल भएको छ । खोप अभियानमा ६५६ जना बालबालिकालाई दादुरा तथा रुवेलाविरुद्ध खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल कुमार घिमिरेले बताए । 

खोप अभियान अघि व्यपकरुपमा प्रचारप्रसार गरेकाले लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाउन सकिएको उनले बताए । ‘खोप अभियानको बारेमा जानकारी दिन स्वास्थ्य स्वयमसेविका र स्वास्यकर्मी बालबालिकाको घरमै पुग्नुभएको थियो । जनप्रतिनिधिले पनि खोप अभियानलाई सफल बनाउन साथ दिनुभयो,’ उनले पालिकाखबरसँग भने ।