close

स्त्री तथा प्रसूति स्वास्थ्य शिविरबाट ३३७ जना लाभाम्वित

स्त्री तथा प्रसूति स्वास्थ्य शिविरबाट ३३७ जना लाभाम्वित

Trulli
ADVERTISEMENT

मकवानपुर- इन्द्रसरोबर गाउँपालिकामा स्त्री तथा प्रसूति स्वास्थ्य परीक्षण शिविर जारी छ । गत आइतबार सुरु भएको शिविरमा हालसम्म ३३७ जना लाभाम्बित भएका छन् ।

प्रसूति गृह काठमाडौंका विशेषज्ञ चितिकत्सकको सहभागितामा गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकीमा शिविर राखेको र बिरामीको चापअनुसार अझै जारी रहने जनाइएकाे छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीका अनुसार शिविरबाट गर्भवतिहरूको नि:शुल्क भिडियो एक्सरे सेवासमेत दिइएको छ ।

आङ खस्ने समस्या पहिचान तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा प्रदान गरिएको शिविरमा समस्या भएकाहरूलाई औषधि वितरणसँगै रिङ प्रेसरी राख्ने सेवा शिविरबाट दिइएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्त्री तथा प्रसूति स्वास्थ्य परीक्षण शिविरबाट उपचार हुन नसकेकाहरूको अपरेशन गाउँपालिकाले गरि दिनेछ । जसका लागि गाउँपालिकाले प्रसूति गृह काठमाडौंले सहकार्य गरेको छ । शिविरबाट छनौट भएका बिरामीलाई खाना र यातायातको सुविधनासहित प्रसूति गृह काठमाडौंमा अपरेशन गरिने गाउँपालिकाले जनाएको छ ।