close

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका–९ मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । मंगलटार स्वास्थ्य चौकीमा भएको शिविरमा १७५ जना लाभान्वित भएका स्वास्थ्य शाखाले जनाएको छ । 

मंगलटार स्वास्थ्य चौकीका प्रमुख निशा बरालका अनुसार सामान्य उपचार ६७ जना, स्त्रीरोग ५१ जना, भिआईए सेवा २६ जना, हाड जोर्नी ९७ जना र सामान्य सर्जरी सेवा १६ जनाले लिएका छन् ।