close

कर्णालीमा बढ्दै उद्योग दर्ता गर्नेको संख्या 

कर्णालीमा बढ्दै उद्योग दर्ता गर्नेको संख्या 

Trulli
ADVERTISEMENT

सुर्खेत– देश संघीय संरचनामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको छ । 

 

प्रदेश सरकार गठन भएको ३ वर्षको अवधिमा सुर्खेतमा ३ हजार ८ सय १३ उद्योग दर्ता भएका हुन् । 


घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको तथ्यांकअनुसार सरकार गठन भएको ३ वर्षमा सानाठूला र मझौला गरी ३ हजार आठ सय १३ उद्योग दर्ता भएका हुन् । 


आर्थिक वर्ष २०७७/७८ साउनदेखि कात्तिक मसान्तसम्म उत्पादनमूलक ६९ वटा र कृषि तथा वन पैदावरमा आधारित ३ सय ४९ वटा दर्ता भएका छन् । 

 

त्यस्तै, निर्माणसम्बन्धी ९ वटा, सेवामूलक १ सय ९३ वटा गरी ६ सय २० वटा र मंसिरमा ९५ वटा, पुसमा १ सय २२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले बताएको छ । 


२०७२÷७३ मा उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १ सय ६१, पर्यटन उद्योग ५८, सेवामूलक ७, निर्माण उद्योग १८ वटा गरी ३९६ वटा उद्योग सञ्चालनमा आएका छन् भने १ सय ७१ नवीकरण भएका छन् । 

 

२६ जना व्यवसायीले उद्योग बन्दको निवेदन दिएर खारेज भएका र ८५ जनाले पुँजी वृद्धि, उद्देश्य थप, नामसारी, ठाउँसारी नाम परिर्वतन गरेको सूचना अधिकारि रिमा कँडेलले बताइन् ।


२०७३÷७४ मा उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १ सय ७०, पर्यटन २ वटा, सेवामूलक १ सय ३४, निर्माण उद्योग ७२ गरी ५३० वटा उद्योग संख्या रहेका छ भने ३६० वटा उद्योग नवीकरण भएका छन् । 


३८ उद्योग खारेज र १४३ पुँजी वृद्धि, उद्देश्य थप, नामसारी, ठाउँसारी गरि कुल १०७१ उद्योग रहेको कँडेलले बताइन् । २०७४/७५ मा कृषि तथा वन पैदावरमा आधारित २७६, खनिज १, निर्माण ३०, पर्यटन ५६, सेवामूलक ३ सय गरेर ७७७ उद्योग छन् । 


 ३८१३ उद्योगमा ८१३ महिला, १५७१ जना पुरुषले रोजगारी पाएका छन् भने २२५ महिला, ५९८ पुरुष उद्यमी बनेको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशमा सम्भाव्यता हुँदाहुँदै पनि सरकारले उद्योग सञ्चालनमा चासो नदिएको र अलमलमै ३ वर्ष बिताएको नेपाल होटल व्यवसायी महासंघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बताए । 


‘कर्णाली प्रदेश सरकार गठन भएको पहिलो वर्षमै होटलमा तालिम गोष्ठी नगरिने घोषणा गरेपछि होटल व्यवसायलाई पहिलो गाँसमै ढुंगा परेको हो’, उनले भने ।

 

कर्णाली प्रदेश सरकारले व्यावसयीलाई लाभ पुग्ने खाले कुनै पनि प्याकेज नल्याएको शाहीको गुनासो छ । केन्द्रदेखि प्रदेश सबैले कर्णालीलाई पर्यटन प्रवद्र्धन गरिने घोषणा गरे पनि बिनागुरुयोजना कार्यक्रम चलाउँदा समस्या भएको शाहीको बुझाइ छ । 

 

३ वर्षको अवधिमा यति धेरै संख्यामा उद्योग दर्ता र सञ्चालन हुनु राम्रो भए पनि पछिल्लो समय अनुदानका मात्र उद्योग दर्ता गर्ने क्रम बढेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही बताउँछन् । 


‘अझै पनि सरकारले उद्योग व्यवसाय गर्नेका लागि विभिन्न प्याकेज ल्याउनुपर्छ अनि मात्र कर्णालीले देखेको सपना पूरा हुन्छ,’ शाहीले भने ।