close

पूर्वमन्त्री मोहम्मद इश्तियाक राई खोले उद्योग 

पूर्वमन्त्री मोहम्मद इश्तियाक राई खोले उद्योग 

Trulli
ADVERTISEMENT

नेपालगञ्ज– पूर्वमन्त्री तथा बाँकेका सङ्घीय सांसद मोहम्मद इश्तियाक राई र उनको परिवारका सदस्यले मिलेर एक अर्ब ३० करोड रुपियाँको लगानीमा अत्याधुनिक दाना उद्योग, कुखुरापालन र चल्ला उत्पादन सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२१, बिर्तामा ४० कट्ठामा ६५ करोड रुपियाँ लगानीमा किसान फिड मिल नामको अत्याधुनिक दाना उद्योग र ९० कट्ठामा ५० करोड रुपियाँ लगानीमा रजा ग्रुपको नामबाट कुखुरापालन तथा २० करोड रुपियाँको लगानीमा अरहाम ह्याचरी फार्म सञ्चालन अगाडि बढाइएको हो ।

 

ती उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने तथा कुखुराको मासु र चल्लाको पनि समस्या नहुने दाबी पूर्वमन्त्री इश्तियाक राईको छ । अत्याधुनिक दाना उद्योगले एक घण्टामा १०० क्विन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा दैनिक एक हजारदेखि एक हजार २०० क्विन्टलभन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताए ।

 

उद्योगले नौ हजार क्विन्टल क्षमताको गोदामसमेत निर्माण गरेको छ । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा भर पर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जनाउनुभयो । दानाको समस्या समाधान भएपछि अब यस क्षेत्रमा कुखुरापालन, माछापालन र पशुपालनमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ ।