close

म्याङलुङका फर्सी र इस्कुस ट्रकमा सरर‍...

म्याङलुङका फर्सी र इस्कुस ट्रकमा सरर‍...

Trulli
ADVERTISEMENT

तेह्रथुम– म्याङलुङ नगरपालिका मासु, सब्जि, ढाका, मदिरा उत्पादनमा आत्मनिर्भर छ । छुर्पि, कुराउने जस्ता स्थानीय उत्पादनहरु अमेरीका निर्यात भइरहेको छ । 

धरान, धनकुटादेखि पालिकामा आएर मानिसहरुले मासुका लागि बंगुर, खसि खरिद गरेर लैजाने गरेको नगरपालिकाका नगरप्रमुख संजय कुमार तुम्वाहाङफेले बताए । उनको अनुसार पालिकामा उत्पादन भएको ढाका विदेशमा समेत निर्यात हुन्छ । 

उनले पालिकाखबरसँग भने, ‘हामीसँग त्यस्तो ठुलो स्रोत केही छैन । ट्रान्स्पोटेसन राम्रो भयो भने यहाँ उत्पादन भएका चिजविजहरु ग्राहकहरुले आफैँ लिएर जान्छन् । यहाँ उत्पादन हुने फर्सी, इस्कुससमेत ट्रकमा राखेर किनेर लैजान्छन् ।’

म्याङलुङ नगरपालिका ढाकाको राजधानीसमेत घोषणा भइसकेको छ । ढाका उत्पादनमा भने विगत १५ वर्षदेखि नै तालिम प्रदान गरिरहेको उनले जानकारी दिए । ‘मेरो नगरप्रमुखको दुईओटै कार्यकालमा ढाकाको तालिमलाई प्राथमिकता दिएको छु । पहिला पनि अन्य सरकारले तालिम प्रदान गरेको थियो ।’ 

तर, उत्पादन बढेपनि ढाका व्यापार भने कम रहेको उनको भनाइ छ । पाल्पामा नयाँ प्रविधिको प्रयोग गरेर बनाइएकाले म्याङलुङका ढाकाभन्दा सस्तो रहेको उनले बताए । ‘यहाँ बनाइने ढाका सबै ह्याण्डीक्राफ्ट हो । त्यसैले पनि यहाँको ढाका महँगो पर्छ,’ ढाका व्यवसायबाट ५ हजार भन्दा धेरै मजदुरले रोजगारी पाएको उनले जानकारी दिए ।  

नगरपालिकाले बजेट नै छुट्याएर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका बजेट भने नलाएको उनले बताए ।