close

लगानी नउठ्दै बन्द भयाे साबुन उद्याेग

लगानी नउठ्दै बन्द भयाे साबुन उद्याेग

Trulli
ADVERTISEMENT

रुकुम– आठबीसकोट नगरपालिकाकाे वडा नम्बरमा ११ सिमबजारमा सञ्चालित  साबुन उद्योग बन्द भएको छ । २०७५ सालमा सञ्चालनमा आएको उद्योग बन्द भएको हो ।

स्थानीय युवाले करिब २५ लाख लगानीमा सञ्चालन गरेको साबुन उद्योग २ वर्ष मात्र सञ्चालन गरेको उद्योग सञ्चालक प्रेम रसाइलीले बताए । ठुलोभेरी मल्टीप्रपोज कम्पनी प्रालिले उत्पादन गरेको साबुन बजारीकरणमा समस्या भएपछि र लगानी नउठेपछि बन्द भएको रसाइलीले पालिकाखबरलाई जानकारी दिए ।

स्थानीय स्तरमा साबुन उद्योगमा सञ्चालनमा आएपछि सात जनालाई रोजगारी पनि दिएका थिए । उक्त उद्योग २ वर्षसम्म मात्र सञ्चालन गरेको उनले बताए । 'स्थानीय स्तरमा पाइने कच्चा पदार्थ चिउरीबाट साबुन उद्योग सञ्चालन गरेका थियौँ सोचेको जस्तो प्रगति भएन,' उनले भने ।

उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउनुका साथै लुगा धुने साबुन पनि उद्योगबाट उत्पादन गर्ने योजना भए पनि पूरा नभएकाेमा उनले दुखेसाे पाेखे । 

ठुलोभेरी मल्टीप्रपोज कम्पनी प्रालिले उत्पादन गरेको साबुनको नाम 'चिउरी हर्बल साबुन' रहेको र साबुन मूल्य ५० रुपैयाँ निर्धारण गरे पनि हालसम्म पनि थन्किएको उनले बताए ।

'साबुन उद्योगमा ५ जनाले लगानी गरेको थियौँ । हाल ६ वर्ष भयो उद्योग बन्द भएको स्थानीय तहबाट केही सहयोग पाएका छैनन्,' उनले भने । उक्त साबुन उद्योग बन्द भएपछि सञ्चालक निराशामा रहेकाे उनले बताए ।