close

जङ्कफुड प्रतिबन्धित नयाँ बजारको कोशेली घर

जङ्कफुड प्रतिबन्धित नयाँ बजारको कोशेली घर

Trulli
ADVERTISEMENT

सिन्धुली- मदन भण्डारी राजमार्गअन्तर्गत मरिण गाउँपालिका-६ मा चिटिक्कको ४ कोठे एक तलाको भवन छ । यो कसैको निजी घर नभएर स्थानीय उत्पादनले बजार पाउनका लागि बनाएइको कोशेली घर हो । टाढाबाट मरिण घुम्न पुगेकाहरूले स्थानीय चिनो लैजानका लागि बनाइएको व्यापारिक सटर हो । 

मरिण गाउँपालिका-६ नयाँ बजारमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको सो भवन अब सञ्चालनको तयारी हुँदैछ । कोशेली घर चलाउन इच्छुका लागि गाउँपालिकाले शिलबन्दी आवेदन आव्हान गरिकसकेको छ । प्राप्त भएका आवेदनहरूमध्येबाट व्यवसायका लागि एकजनालाई दिइने प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 

गाउँपालिकाको शिलबन्दी सूचनाअनुसार कोशेली घरमा स्थानीय उत्पादनमात्र बेच्नुपर्नेछ । कोशेली घरमा जङ्कफुड, मदिरा र सुर्तीजन्य बस्तु बेचेको पाइएमा सम्झौता रद्द गरिने सर्त छ ।

सो भवन संघीय अनुदान ५ लाख उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण प्रदेश निर्देशनालयको २० लाख, गाउँपालिकाको ५ लाख र श्रमदान ३ लाख ७२ हजार ६९१ गरी कुल ३३ लाख ७२ हजार ६९१ लागतमा गत आर्थिक वर्ष निर्माण सम्पन्न भएको उद्यम विकाश सहजकर्ता पवन सुवेदीले जानकारी दिए ।