close

तिलोत्तमाले आफ्नै  वडा कार्यालय भवन बनाउने 

तिलोत्तमाले आफ्नै  वडा कार्यालय भवन बनाउने 

Trulli
ADVERTISEMENT

रुपन्देही - तिलोत्तमा नगरपालिकाले सबै वडामा आफ्नै  कार्यालय भवन बनाउने भएको छ । नगरपालिकाले गत वर्षदेखि नै आवश्यक भएका ठाउँमा वडा कार्यालय बनाउन बजेट विनियोजन गरी निर्माण सुरु गरेको थियो भने कुनै यो वर्षबाट सुरु गर्ने जनाएको छ ।


सबै वडाहरूका आफ्नै  कार्यालय भवन बनाउने क्रममा वडा–४ को वडा कार्यालय भवन शिलान्यास भएको छ ।


डिंगर नगरमा बन्न थालेको वडा कार्यालय भवनको नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रुपमा शिलान्यास गरे । उक्त अवसरमा नगरप्रमुख घिमिरेले विकास निमार्णका काममा सबैको हातेमालो आवश्यक भएको बताए । तिलोत्तमा नगरपालिकालाई  सबै क्षेत्रमा उत्कृष्ट बनाउने गरी काम गर्दै आएको उनको दाबी थियो ।


वडाध्यक्ष दिवाकर ढकालले भवन निर्माण आगामी चैत्रभित्र सम्पन्न हुने जा

नकारी दिए ।