close

बागबजार-कीर्तिपुर सडक स्तरोन्नति हुँदै

बागबजार-कीर्तिपुर सडक स्तरोन्नति हुँदै

Trulli
ADVERTISEMENT

डडेल्धुरा - जिल्लामुकाममा पर्ने मुख्य महाकाली राजमार्गअन्तर्गतको बागबजार-कीर्तिपुर सडक स्तरोन्नतिका लागि सबै राजनीतिक दलले सरोकारवाला निकायसँग सहयोग मागेका छन् ।  बागबजार-कीर्तिपुर सडकमा चाप बढेपछि विस्तारका लागि डडेल्धुराका राजनीतिक दलले एकै आवाजसहितको माग राखेका हुन् । 


सडकको बढ्दो चाप व्यवस्थित गर्न २ पटक टेण्डर आह्वान भई रद्ध भएको बागबजार-कीर्तिपुर सडक विस्तारका लागि नेपाली कांग्रेसको अगुवाइमा अमरगढी नगरपालिकासहित सबै राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सम्पन्न भएको छ ।


बैठकमा सडक विस्तारका क्रममा पेचिलो बनेको मुआब्जा विषयलाई सर्वदलीय सहमतिमा टुंगिएको जानकारी दिइएको थियो । सडक क्षेत्रको १५/१५ मिटर दाँया-बाँया स्तरोन्नति गरी आवजाउलाई सहज बनाउन सबै पक्ष एकमत भएका छन् । 


यसअघि ३ किलोमिटर सडक विस्तार गर्न ४४ करोड बराबरको टेण्डर आह्वान गरिएको थियो । सडक दाँया-बाँया साढे ७ मिटर फराकिलो बन्नेछ ।