close

शुद्धोधनमा नेपालकै नमुना चिल्ड्रेन पार्क बन्दै (भिडियाे खबर )

शुद्धोधनमा नेपालकै नमुना चिल्ड्रेन पार्क बन्दै (भिडियाे खबर )

ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बच्चा (चिल्ड्रेन) पार्क बन्ने भएको छ । गाउँपालिकाको वडा-५ मा रहेको दर्बाहा क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकक भित्र्याउने उद्देश्यले चिल्ड्रेन पार्क निर्माण थालिएको हो । 


शुद्धोधन गाउँपालिकाको ६५ लाख, प्रदेश ५ सरकारको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयको ३० लाख र संघीय सरकारको ५ लाख गरी १ करोडको लगानीमा चिल्ड्रेन पार्क निर्माण थालिएको शुद्धोधन गाउँपालिका वडा-५ का वडाध्यक्ष पुण्यराम गौतमले जानकारी दिए । 


उनले भने, ‘अहिलेसम्म ३० लाखको काम भएको छ । दर्बाहा क्षेत्रको पर्यटन प्रवर्द्धनमा पार्क निर्माणले सघाउ पुग्ने अपेक्षा छ ।’


स्थानीय कमल चौधरी गाउँपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा चिल्डेन पार्क निर्माण भएपछि यहाँको पर्यटन क्षेत्रमा योगदान पुग्ने ठान्छन् । अर्का स्थानीय हरि चौधरी भन्छन्, ‘चिल्ड्रेन पार्क बनेपछि केहीले रोजगारी पाउन सक्छन् भने अर्कोतिर गाउँको विकास पनि हुन्छ ।’ 


शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द चौधरी यस क्षेत्रका धार्मिक स्थलको प्रचार-प्रसारका साथै पर्यटनबाटै गाउँलाई समृद्ध बनाउने योजनासहित पार्क निर्माण सुरु गरिएको बताउँछन् ।


उनले भने, ‘प्रदेश र स्थानीय सरकारको लगानीमा बन्दै गरेको पार्कले शुद्धोधनलाई संसारमै चिनाउन सहयोग पुग्ने अपेक्षा छ । यसै वर्षभित्र पार्क बनाइसक्ने सपना बुनेका छौं ।’ब