close

कर्मचारी आवाससहितको प्रशासनिक भवन बनाउँदै नवदुर्गा गाउँपालिका

कर्मचारी आवाससहितको प्रशासनिक भवन बनाउँदै नवदुर्गा गाउँपालिका

Trulli
ADVERTISEMENT

डडेल्धुरा - डडेल्धुराको नवदुर्गा गाउँपालिकाले कर्मचारी आवाससहितको सुविधासम्पन्न २४ कोठे प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिकाले वडा- २ मणिलेकबाट प्रशासनिक कामकाज गर्दै आएको छ ।

 

करिब ६ करोड १२ लाख रुपैयाँको लागतमा सभाहलसहित २४ कोठे भवनको गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले शिलान्यास गरेका हुन् ।

 

‘कर्मचारी आवाससहितको प्रशासनिक भवन बनेपछि गाउँपालिका र गाउँबासी दुवैलाई सेवा प्रवाह सहज हुनेछ,’ गाउँपालिका अध्यक्ष विष्टले भने ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले प्रशासनिक भवन बनेपछि सेवा प्रवाह सहज हुने बताए ।

 

‘प्रशासनिक भवन निर्माण २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी न्यु ड्रयागन जयमाँ स्वर्गद्वारी जेभी बुद्धनगर काठमाडौँले ४ करोड ७८ लाखमा ठेक्का लिएको हो’, शर्माले भने । समयमै भवन निर्माण गरिने प्रतिबद्धता कम्पनीले गरेको उनले बताए ।