close

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाइयो

बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाइयो

Trulli
ADVERTISEMENT

जुम्ला– निरन्तरको वर्षाले आएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । विभिन्न भागमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको
थियो ।

 

कर्णाली राजमार्गको कालीकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अवरुद्ध हुँदा आउजाउ बन्द थियो । सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, सुरक्षा सुरक्षा निकायलगायतको पहलमा कर्णाली राजमार्गको जुम्ला खण्ड सुचारु भएको हो ।

 

जुम्लाको रारालिही र नाग्म बीचमा ठूला ढुंगा खसेपछि अवरुद्ध राजमार्गमा खसेको पहिरो पन्छाएपछि शुक्रबार राती नै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार कर्णाली राजमार्गको कालीकोट दैखोलादेखि जुम्लातर्फको सडक सुचारु भएको छ । सडक डिजिभन जुम्लाका ३ र निजी ४ गरी ७ वटा मेसिन निरन्न्तर प्रयोग गरेर राजमार्ग खुलाइएको प्रमुख भण्डारीले बताए ।

 

‘पहिरो पन्छ्याउने, ढुंगा फोर्ने काम जोडतोडका साथ गरेपछि १ दिनमै राजमार्ग खुलेको हो’, उनले भने, ‘अवरुद्ध नाग्म–गमगडी सडकको पहिरो पन्छ्याउने काम जारी छ । सम्भवतः सोमबार राती वा मंगलबार बिहानसम्म नाग्म–गमगडी सडक सञ्चालनमा आउनेछ ।’

 

सडक अवरुद्धपछि प्रमुख जिल्ला अधिकारी थापा, जिल्ला समन्वय उपप्रमुख कार्मा बुढा, सडक डिभिजन कार्यालयका प्रमुख भण्डारीसहित सुरक्षा निकाय प्रमुख सडक खुलाउन खटिएका थिए । कर्णाली राजमार्गले विशेषगरी कालीकोट, मुगु र जुम्ला जोड्ने गरेको छ ।