close

थाङपालमा कृत्रिम झरना

थाङपालमा कृत्रिम झरना

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक ।  देशका तीन सरकार मध्ये एक, स्थानीय तहले आफ्नो अलग पहिचान बनाउन नौलो र फरक काम गर्न थालेका छन् । पर्यटकलाई आकर्षित गर्न सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले वडा नं ३ मा कृत्रिम झरना बनाउन सुरु गरेको छ । भोताङमा निर्माणाधीन सो झरनाको नाम छुम्ती ड्रागन झरना हो । 

‘पाँचपोखरी घुम्न जाने पर्यटकले बाटोमा पनि रमाइलो गर्न सकुन् भनेर आर्टिफिसियल झरना बनाइएको हो,’ पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पालिकाखबरलाई बताए । 

उनका अनुसार पाँचपोखरी नेपालको घुम्न लायक सय क्षेत्रमध्ये सोह्रौँ स्थानमा पर्छ । अग्लो तालहरू मध्ये नवौँ स्थानमा पर्छ । धार्मिक र प्रकृतिमा रमाउन चाहनेको प्रमुख रोजाइमा पनि पाँचपोखरी पर्ने गरेको छ । हरेक वर्ष एकादशीदेखि जनै पूर्णिमासम्म यहाँ मेला पनि लाग्छ । 

हाल बन्दै गरेको खिम्ति ड्रागन झरनाबाट पाँचपोखरी पुग्न घटीमा ६ घण्टा लाग्छ । ‘यो झरनाको पानीलाई ५०० मिटर माथिबाट खसालिने छ । '४० देखि ५० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ,’ अध्यक्ष लामा भन्छन्, 'आर्टिफिसियल झरनामाथि ऐतिहासिक गुफा पनि छ । झरना नजिकै रक क्लाइम्बिङ गर्ने ठाउँ बनाउने योजना समेत छ ।'  

एक वर्षदेखि निर्माण थालिएको यो झरना बन्न १ करोड २९ लाख बजेट छुट्टाइएको उनले जानकारी दिए । पर्यटनको हब बनाएर स्थानीयबासीको आर्थिक अवस्था बलियो बनाउने योजना गाउँपालिकाको छ । 

यस्तै वडा नं ५ मा पनि आर्टिफिसियल झरना बनाउने काम सुरु भइसकेको उनले बताए । थाङपाल गाउँ तामाङ जातिको गोले समुदायको उद्गम स्थान हो ।

पूर्ण रूपमा तामाङ जाति बसोबास गर्ने यो क्षेत्रमाल रहेका गुम्बाले समेत पर्यटक ध्यान तान्ने गरेको छ । त्यही भएर झरना निर्माण गरेर पर्यटक घुम्ने सुन्दर ठाउँ थप गर्ने योजना बनाइएको उनले बताए ।