close

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ ।

मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो । 

केही दिन सो बाटो हुँदै हलुकाबाहेक  सवारी साधन सञ्चालन नगर्न मेलम्ची  नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो ।

बनाउन केही समय लाग्ने भएकाले केही दिन सडक अवरुद्ध हुने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।