close

चुमनुव्रीबासीकाे पीडा : माेटर गाडी छैन, खच्चड नजाँदा खाद्यान्नकाे समस्या

चुमनुव्रीबासीकाे पीडा : माेटर गाडी छैन, खच्चड नजाँदा खाद्यान्नकाे समस्या

Trulli
ADVERTISEMENT

गोरखा– हिमालपारिको अति दुर्गम क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको पालिका सदरमुकाममा अझै  पुगेको छैन । जिल्ला सदरमुकामबाट लगलभ ४० किलोमिटरको दुरीमा पालिका सदरमुकाम पर्ने गाउँपालिकाको अध्यक्ष निमा लामाले बताए ।

‘पालिकाका केही वडा जिल्ला सदरमुकामभन्दा ५२ कोसजति टाढा छ ।’ पालिकाको सदरमुकाम स्थानसम्म जीप पुग्ने भएपनि वर्खाको कारणले हाल बन्द रहेको उनले पालिकाखबरलाई बताए ।  

अध्यक्ष लामाले भने, ‘ठाउँठाउँमा बाटो मर्मत गर्नुपर्ने भएको छ । पालिका सदरमुकामभन्दा धेरै तलसम्म मात्र जीप आउँछ । अब एक महिनामा पालिका सदरमुकामसम्म जीप पुग्न सहज हुन्छ की ? हाल बिग्रिएको सडक बनाउने काम नेपाली सेनाले गरिरहेको छ ।’

सडक नहुँदा गाउँपालिकाको सामागाउँ, ल्हो,  प्रोक,  विही,  छेकम्पार आदि स्थानमा खाद्यान्न आपूर्तिको लागि समस्या रहेको उनले बताए । लामो समय वर्षात् भएकाले बाटो अवरुद्ध भएर खच्चडहरुबाट पनि खाद्यान्न लान सक्ने अवस्था नरहेको उनले सुनाए ।

‘पहिले तिब्बतको नाकाबाट दैनिक उपभोगको सामाग्री आपूर्ती गर्ने गरिएको थियो । तर कोरोनाको कारणले नाकाबन्द भएपछी खाद्यान्नको लागि समेत समस्या भएको छ,’ उनले भने । सामागाउँको रुइला भञ्ज्याङ नाका र छेकेन्दरको ङुइला भञ्ज्याङ नाका चुमनुव्रीमा पर्छन् । 

कोरोनाको कारणले बन्द भएका उक्त नाका खुलाउनको लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष लामाले पालिकाखबरलाई जानकारी दिए । ‘छिट्टै नाका खुल्छ भन्ने कुरा आएको छ । सरकारले नै चीनसँग समन्वय गरेको छ,’ उनले भने । 

खाद्यान्नमा समस्या भएकाले गाउँपालिकाले दुईवटा खाद्यान्न डिपो स्थापना गरेको उनले जानकारी दिए । नाम्ब्लुङ र चुम्ब्लिङमा डिपो स्थापना गरेर अभावमा खाद्यान्न उपलब्ध गराइरहेको उनले बताए ।