close

सोलार लिफ्टिङ सिँचाई राख्न हलेसीद्वारा सहयोग आह्वान

सोलार लिफ्टिङ सिँचाई राख्न हलेसीद्वारा सहयोग आह्वान

Trulli
ADVERTISEMENT

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोगको लागि आह्वान गरेको छ । पालिकाले वडा नं ३ च्याम्सिङटारमा सोलार लिफ्टिङ सिँचाई प्रणाली सञ्चालन गर्न जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन परियोजनासँग आर्थिक तथा प्राविधिक सहयोग माग गरेको हो । 

उक्त स्थानको भौगोलिक क्षेत्र विकट तथा सुख्खा भएकोले कृषि उपज उत्पादनको लागि वर्षाको पानीमा भर पर्नुपर्ने अवस्था छ । त्यसैले सो क्षेत्रमा सोलार लिफ्टिङ सिँचाई प्रणाली सञ्चालन गर्दा बेमौसमी तरकारी खेतीको सम्भवना रहेको पालिकाले जनाएको छ । 

वडा नं ३ च्याम्सिङटारको दोवन दाल्फु क्षेत्रमा किसानहरुलाई कृषि उत्पादनमा जोड्ने लक्ष्य नगरपालिकाले राखेको छ । यसको लागि पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विभिन्न दातृ निकाय तथा संघ संस्थासँग लागत साझेदारी मार्फत् आधुनिक कृषि प्रणालीलाई वृहत्तर गर्ने उद्धेश्य राखेकाले आर्थिक तथा प्राविधिक सहयोग माग गरेको एक सूचना जारी गर्दै जनाएको छ ।