close

विकास पनि प्रदर्शनीमा ! दशैं मनाउन आउनेलाई देखाउन सरसफाइ गर्दै गाउँपालिका

विकास पनि प्रदर्शनीमा ! दशैं मनाउन आउनेलाई देखाउन सरसफाइ गर्दै गाउँपालिका

Trulli
ADVERTISEMENT

नुवाकोट- सडकको मर्मत तथा सरसफाइ दशैंमा देखियोस भन्दै सूर्यगढी गाउँपालिकाले तीव्र बनाएको छ । गाउँपालिकाले दशैंलाई लक्षित गरी पालिकाभित्रका मूल तथा सहायक सडकहरूको सरसफाइ तथा मर्मत कार्य गर्दै आएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष मन्जु बुढाथोकीका अनुसार पालिकाले ठेक्कामार्फत सडक सरसफाइ गर्दै आएको हो । दशैैंमा स्थानीय बासिन्दा रोजगारी क्षेत्रबाट गाउँपालिकामा फर्कने भएकाले सडक सरसफाइ तथा मर्मत गर्न थालेको उनले पालिका खबरलाई बताइन् । 'स्थानीय सरकार आएपछि गाउँपालिकामा विकास भएको छ' भन्ने जानकारी दिनको लागि सो कार्य गरेको उनले सुनाइन् । सडक सरसफाइका लागि गाउँपालिकाले डोजर तथा जनशक्तिको प्रयोग गरेको उनले बताइन् । 

वर्षायाममा पहिरोले थुनिएका सडकहरुको सञ्चालन गर्न, नालाहरू खोल्न, झार उखाल्ने तथा मर्मत कार्य भइरहेको उनले बताइन् । उनका अनुसार गाउँपालिकाले साउन महिनादेखि नै सडकसम्बन्धि कार्य गर्दै आएको छ । काम करिब सकिन लागेको उनको भनाइ छ ।