close

उपभोक्ता समितिबाट हुँदै आएको सडक ग्राभेलिङ पालिका आफैंले गर्ने

उपभोक्ता समितिबाट हुँदै आएको सडक ग्राभेलिङ पालिका आफैंले गर्ने

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकामा पहिचान भएका सबै सडकको उपमहानगर आफैले ग्राभेल गर्ने भएको छ । यसका लागि वडा नम्बर १९ बाट ग्राभेल गर्ने काम सुरु भएको सुरु भइसकेको नगर प्रमुख गोपाल हमालको निजी सचिवालयले जनाएको छ । 

यसअघि धनगढीमा उपभोक्ता समिति र कोटेशनमार्फत सडक ग्राभेल हुँदै आएको थियो । तर उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर सबै वडाभित्रका सडकमा आफै ग्राभेल गर्ने कामको सुरु गरेको हो । 

चालु आर्थिक वर्षमा सडक ग्राभेल गर्न उपमहानगरपालिकाले सातवटा ब्याको लोडर प्रयोग गर्ने तयारीमा छ । पुराना तीनवटा टिप्पर र दुई नयाँ खरिदको प्रक्रियामा छन् । ग्राभेल आवश्यक परेका नगरवासीलाई वडा कार्यालयमा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह समेत गरेको छ । 

उपमहानगरपालिकाको तथ्यांकअनुसार १९ वटै वडाका ५१७ सडकमा ग्राभेल गरिएको छैन्।  ती सडकको ग्राभेल गर्न १८ करोड बजेट आवश्यक पर्ने उपमहानगरपालिकाले जनाएको छ ।