close

बाटोले बाटो बिर्सेको मुड्केचुलाबासीलाई मिलेकाे खुशी

बाटोले बाटो बिर्सेको मुड्केचुलाबासीलाई मिलेकाे खुशी

Trulli
ADVERTISEMENT

डाेल्पा - ‘वर्षौं अनागरिक बनाइएको र बाटोले बाटो बिर्सेको कर्णालीमा स्थानीय तहको सरकार बनेपछि पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । गाउँपालिकामा २ कार्यकाल काम गर्न पाउँदा यसमा मेरो भूमिका छ ।’ मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले पालिकाखबरसँग भन्छन्, ‘सयौं आमाबुबाले मोटरबाटो र गाडी देख्न नपाउँदै मर्छु होला भनेका थिए तर अहिले आँगनमै गाडी गुडेको देख्दा उनीहरू खुशी भएका छन् ।’

मुड्केचुला गाउँपालिका डोल्पा जिल्लाको विकट गाउँपालिका भएको हुँदा पैदलै खाद्यान्न तथा नुनको भारी बोकेर जीविका चलाइरहेकाहरू स्थानीय सरकारले गरेको पछिल्लो पूर्वाधार विकासले खुशी भएका छन् । त्यतिमात्र होइन गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ मा मूल सडकसँगै वडा नम्बर १,२ र ३ मा ‘साइड सडक’ पुगिसकेको छ । वडा नम्बर ४, ५ र ६ मा पनि यही वर्षभित्र सडक पुग्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा सडक पुर्‍याउनका लागि हालसम्म ११ करोडभन्दा बढी बजेट पालिकाले खर्च गरिसकेको अध्यक्ष शाहीले पालिकारखबरलाई बताए । चालू आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेश सरकारले ३७ करोड बराबरको सडक खन्नका लागि काम थालिसकेको छ भने ९ करोड बराबरको लागतमा जगदुला हाइड्राेपावरले पनि डेढ किलोमिटर सडक खन्ने कार्य सुरु गरिसकेको छ । 

यी २ परियोजना सम्पन्न हुँदा मुड्केचुला गाउँपालिकाको सबै वडामा सडक पुग्ने अध्यक्ष शाहीको भनाइ छ ।