close

बैकल्पिक बाटोको प्रयोग गर्न काठेखोलाको अनुरोध

बैकल्पिक बाटोको प्रयोग गर्न काठेखोलाको अनुरोध

Trulli
ADVERTISEMENT

बागलुङ – काठेखोला गाउँपालिकामा सडक अवरुद्ध हुने भएको छ । गाउँपालिकाको वडा नं २ र ४ जोड्ने सडक बिहीबारदेखि अवरुद्ध हुने भएको हो । 

वडा नं २ र ४ जोड्ने डुडियाघाट खोलामा मोटरेवल पुलको निर्माण कार्य भइरहेकाले बिहीबारदेखि सो सडक खण्ड अवरुद्ध रहने गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ । गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्मका लागि सो सडक खण्ड बन्द रहने जनाउँदै सो समयमा वैकल्पिक बाटोको प्रयोग गर्न गाउँपालिकाले अनुरोध गगरेको छ । 

सो समयमा बैकल्पिक बाटोको रुपमा किम्बोट–चिरपानी–बिहुँखोला सडक खण्डको प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।