close

श्रमदानबाट चिचिलामा सडक निर्माण

श्रमदानबाट चिचिलामा सडक निर्माण

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकामा श्रमदानमार्फत सडक मर्मत गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित भिङ्गुमाबाट वडा नम्बर ५ खोलाघारी झर्नेसम्मको सडकको मर्मत गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले श्रमदानबाट सो क्षेत्रमा मोटरसाइकल चलाउन मिल्ने गरी सडक मर्मत भएको उनले पालिकाखबरलाई सुनाए । सो क्षेत्रमा केही बर्ष अघि सडकको ट्रयाक ओपन गरिएको थियो । तर पटक पटक पहिरोले बगाएपछि श्रमदानमार्फत सडक मर्मत गरिएको हो । 

अध्यक्ष शेर्पाका अनुसार गाउँपालिकामा समय समयमा स्थानीय बासिन्दाको उपस्थितीमा श्रमदान गर्दै आएको छ । श्रमदानमार्फत गाउँपालिकामा सडक निर्माण, खानेपानी निर्माण तथा आवश्यकता अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले सुनाए । 

श्रमदानको लागि सुरुवाती समयमा गाउँपालिकाले आव्हान गर्नु परे पनि हाल स्थानीय बासिन्दा आफैँ जागरुक भएको उनले बताए । श्रमदानबाट गाउँपालिकामा विकास निर्माण गर्न सहज हुने उनको अनुभव छ ।