close

स्थानीय तहलाई प्रदेश र संघले बेवास्ता गरे

स्थानीय तहलाई प्रदेश र संघले बेवास्ता गरे

Trulli
ADVERTISEMENT

विशाल शर्मा
नगरप्रमुख, चौरजहारी नगरपालिका, रुकुम पश्चिम

 

चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले कार्यभार सम्हालेपछि नगरभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरे पनि संघीय सरकारबाट सक्दो सहयोग नपाएको बताउँछन् । उनीसँग जनप्रतिनिधिका रूपमा चार वर्षसम्म काम गर्दाको अनुभव, कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेका प्रयास, प्रदेश र संघीय सरकारसँग भइरहेका समन्वयमा केन्द्रित रहेर गरिएको कुराकानी :


 

भौगोलिक रूपमा विकट कर्णाली प्रदेशमा पर्ने नगरपालिकाको प्रमुख हुनुहुन्छ । कार्यकालको अन्तिम वर्षमा आइपुग्दा संघीय ढाँचाअनुसार कत्तिको काम गर्न सकियोजस्तो लाग्छ ? 

 

चार वर्ष पूरा गरेर अघि बढेका छौँ । जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् । जनताको काम सहज बनाउन हामी अघि बढेका छौँ । विशेषगरी जनताको चाहनाअनुसार काम गरिरहेका छौँ । हामी आउँदै गर्दा नगरपालिकामा सडक थिएन । २ सय ५० किलोमिटर सडकको ट्रयाक खोलेका छौँ । १ सय किलोमिटर सडक ग्राभेल गरेका छौ । चार किलोमिटर सडक कालोपत्रे गरेका छौँ । थप ५० किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । खानेपानीको क्षेत्रमा वडा नम्बर १, ४, ८ र १४ मा धारा जडान गरेका छौँ । ९० प्रतिशत काम अन्य वडामा भएको छ । अधुरा कतिपय काम यो वर्ष सकाउँदै छौँ । 

 

नगरप्रमुखका रूपमा काम गर्दा चार वर्षमा भोगेका कठिनाइ के–के छन् ? 

 

बजेट नै मुख्य समस्या हो । बजेट अभाव छ । आवश्यकता र जनचाहना एउटा छ, बजेट अर्कोतर्फको छ । कानुनी कुरा बाझिएका छन् । प्रदेश र संघीय सरकारले मर्म नबुझ्दा समस्या छ । पुरानो संरचना टेकेर हामी अघि बढ्नुपरेको छ । खरिद ऐनले समस्या निम्त्याएको छ । शिक्षाको कुरा हेर्ने हो भने त्यहाँ पनि समस्या छ । 

 


प्रदेश र संघीय सरकारसँगको समन्वय कस्तो रह्यो ? 

 

स्थानीय तहको मर्म बुझ्ने स्थितिमा समन्वय हुन सकेको छैन । 

 

कोरोना महामारी नियन्त्रणमा नगर पालिकाले गरेका प्रयास र प्रदेश तथा संघीय सरकारले गरेका सहयोगबारे बताउनुस् न ? 

 

संघीय सरकारबाट के अपेक्षा गर्ने ? पछिल्लो स्थितिमा कोरोनाको समय खोपको व्यवस्था भएको छ । तेस्रो लहर आउने चेतावनी आइरहेको छ । पहिलो लहरमा धेरै समस्या भयो । पछिल्लो स्थितिमा सबै वडामा हामीले क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था गर्‍यौँ । हाम्रो पालिकामा पीसीआर परीक्षण मेसिन जडान ग¥यौँ । अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका छौँ । ४५ मिनेटमा दुई वटा सिलिन्डर भर्न सक्ने व्यवस्था गरेका छौँ । कोरोना परीक्षणसम्बन्धी उपकरण हामीले व्यवस्था गरेका छौँ । 

 

संघीय सरकारको बजेटबारे तपाईंको टिप्पणी ? 


महामारीका बेला संघीय सरकारले जे गर्नुपथ्र्यो, त्यो देखिएन । सहानुभूति हुन सकेन । पालिकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने थियो, त्यो हुन सकेन ।