close

समृद्ध काईके नै हाम्राे प्रतिबद्धता : वडाध्यक्ष राेकाया

समृद्ध काईके नै हाम्राे प्रतिबद्धता : वडाध्यक्ष राेकाया

Trulli
ADVERTISEMENT

काईके गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र रोकाया एकीकृत समाजवादीबाट दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्। अघिल्लो कार्यकालमा गरेको कामले जनताको विश्वास जित्न सफल रोकाया समृद्ध वडा र पालिका निर्माणका लागि लागिपरेका छन् । स्पष्ट वक्ताको रुपमा रहेका रोकाया गाउपालिकाको प्रवक्तासमेत बनेका छन् । उनै रोकायासँगै पालिकाखबर डटकमकी संवाददाता पार्वती साउदले गरेको कुराकानीको सम्पादित अंशः

वडाध्यक्षको रुपमा काम गर्दा डेढ वर्ष भयो ? तपाईको वडामा के कस्ता चुनौती सामना गर्नुभयो ?
कार्यकालको डेढ वर्ष बितिसक्दा विभिन्न चुनौतिको समाधान गर्दै जनताको लागि काम गर्दै आएको छु  ।  अमूल्य मतबाट जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि जिम्मेवारी अनुरुप कार्यसम्पादन गर्दै आएको छु । चुनावी प्रतिवद्धतालाई मध्यनजर गरी योजना अगाडि बढाउँदै आएको छु ।  तर सबै योजना पूरा गर्न विभिन्न समस्या छन् । काम पूरा गर्न खोज्नु नै ठूलो कुरा हो । चुनौतिलाई सामना गर्दै समृद्धि, विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्दै  आएका छौँ ।

तपाईले आफ्नो वडामा कुन -कुन योजनालाई प्राथमिकता दिनुभएको छ ?
वडामा भौतिक पूर्वाधार, कृषि, आयआर्जन, सीपमुलक तालिम, रोजगारीलगायतका कामलाई प्राथमिकतामा राखेका छाैँ । यी पाँच कामलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ ।

निर्वाचनका बेला जनतासामू व्यक्त गरेका प्रतिवद्धता थिए होलान् । कति पुरा गर्नुभयो ? कति बाँकी छन् ?
निर्वाचनको क्रममा गरेका प्रतिबद्धता अनुरुप नै काम हुँदैछन् । त्यसमध्ये केहि पुरा, केहि कार्यान्वयन र केहि योजनाको रुपमा अघि बढ्दै छन् । जनताको आवश्यकतालाई मार्गदर्शनको रुपमा लिएर काम गर्दै आएको छु । जनताको समस्या समाधान गरेर समृद्ध विकास र समृद्ध गाउँपालिका सुखी वडाबासी भन्ने मुल नाराका साथ अगाडि बढिरहेका छौँ । 

हिमाली क्षेत्र भएकोले अध्याधिक चिसो छ । तर पनि हरेक समय जिम्मेवारी बहन गर्दै आएको छु । स्थानीय सरकारको आभास दिने गरी काम गर्दै आएका छौँ । बाँकी कार्यकालमा पुरासमेत गर्ने छौँ ।

तपाईले आफ्नो वडामा स्थानीय तहको अधिकार, गाउँगाउँमा सिंहदरबार लागू गर्नु भएको छ ?
स्थानीय तहको अधिकार, गाउँगाउँमा सिंहदरबार लागू भएको महसुस गरेका छन् । किनकी, हामी जनताको दुखमा पनिसँगै छौँ । पहिला जनताका समस्या, गाउँठाउँको विकाससम्बन्धी गुनासो लिएर सिंहदरबार जानु बाध्य हुनुपथ्र्यो । जहाँ सामान्य नागरिक जान सक्दैनन् । तर अहिले आफ्नो गुनासो लिएर जो पनि गाउँ सरकारमा पुग्न सकेका छन् । सोही अनुरुप हामीले जनताको मागको सम्बोधन गर्न पाएका छौँ  ।

जनप्रतिनिधि भइसकेपछि पालिकाको अविभावक पनि बन्नुपर्छ । जनताको घाउमा मह्लम लगाउदै आएका छौँ । गाउँघरमा कोही बिरामी भएमा उद्धार गरेका छौँ । गाउँपालिकाले उपाचार पनि गर्दै आएका छौँ । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सहयोग गर्दै आएको छ । 

गाउँपालिकामा प्राविधिक शिक्षालयको व्यवस्थापन गरेको छ । यहाँ अन्य पालिकाको बालबालिका पनि पढ्न आउँछन् । हामीले योजनालाई क्रमिक रुपमा पुरा गर्दै आएका छौँ । आर्थिक उन्नतिका काम पनि गर्दैछौ । सबैका घरघरमा धारा जोडेर खानेपानीको समस्याको समाधान गर्दै आएका छौँ ।  मोटरबाटो थिएन । हामीले बनायौँ । कृषि फर्म खोलेका छौँ ।

हिमाली भेगमा गम्भीर खालका बिरामी भएकाेलाई स्वास्थ्य सेवा प्रदान गराउन कस्तो योजना बनाउनुभएको छ ?
स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा उच्च गुणस्तरीय औषधि गाउँपालिकाले उपलब्ध गराउँदै आएका छाैँ । सामान्य प्रकृतीका बिरामीलाई जिल्ला बाहिर गएर उपचार गर्नु परेको छैन । जटिल खालका बिरामीलाई जिल्ला अस्पताल रिफर गर्छौँ । जिल्लामा पनि सम्भव भएन भने काठमाडौं, नेपालगन्ज रिफर गरेर जनप्रतिनिधि नै कुरुवा बसेर भएपनि उपचार गछौँ ।  

आर्थिक अवस्था कमजोर भएका बिरामीलाई गाउँपालिकाले उपचारमा सहयोग गर्दै आएको छ । कुनै बिरामीलाई उपचार खर्च बढी लाग्ने भएमा गाउँपालिकाले सहयोग तथा अपुग भएमा चन्दा मागेर पनि उपचार गराउँदै आएका छाैँ। 
 

पर्यटनमार्फत् समृद्धि ल्याउन केही योजना बनाउनुभएको छ ?
यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा पनि पर्यटन प्रवद्र्धनका निम्ति ऐतिहासिक पुरात्वात्तिक भएका मठ, मन्दिर, गुम्बाहरु मर्मत गर्दै जगेर्ना गरेका थियौँ । दोस्रो कार्यकालमा साेका लागि आवश्यक पहल गर्ने छु ।