close

हुम्लामा ठेउलासँग मिल्दो रोगको महामारी

हुम्लामा ठेउलासँग मिल्दो रोगको महामारी

Trulli
ADVERTISEMENT

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रावासमा बस्दै आएका ठुलो सङ्ख्याका विद्यार्थीमा ठेउला रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले रोगको आशङ्का गरिएको हो ।

नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले पालिका खबरसँग कुराकानी गर्दै एक जना विद्यार्थीमा ठेउला (चिकेनपक्स) जस्तै लक्षण भएको रोग देखिएको तथा अहिले त्यो ५७ जना विद्यार्थीमा सरेको बताए ।

'विद्यार्थीमा लागेको रोगको लक्षण पुरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो,' उनले भने । ती विद्यार्थीका अनुहार, शरीर र पाखुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ गएको छ ।

साथै उनले आफूसहितको टोली अहिले याल्वाङ जान लागेको हुँदा त्यहाँ पुगेपछि विस्तृत जानकारी प्राप्त हुने बताए ।

चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको समेत उनले जानकारी दिएका छन् ।

विद्यालयमा पुगेपछि बिरामी विद्यार्थीको उपचार र नमुना सङ्कलन एकसाथ गरिने भएको छ। यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।