close

माफी पाए गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोराले

माफी पाए गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोराले

Trulli
ADVERTISEMENT

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबन्डाको विरोध गर्दै मंगलबार साँझ पालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका थिए ।

नेपाली काँग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई पाखा लगाएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेपछि गाउँपालिकाको बैठक बसेको थियो ।

बैठकले उनलाई ‘माफी माग्न लगाउने र क्षतिग्रस्त गाडी मर्मत गर्न लगाउने’ निर्णय गरेको हो ।