close

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै

Trulli
ADVERTISEMENT

कञ्चनपुर । सहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली(मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ ।नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरधुरीमध्ये पहिलो चरणमा चार हजार ८५० घरधुरीमा उक्त प्रणाली राख्ने कार्य सुरु गरिएको छ । 

एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत रु नौ लाख ५० हजार खर्च गरी नगरपालिकाको सहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडि बढाइएको हो । घर नम्बरसँगै सोही प्रणालीअन्तर्गत १२३ वटा सडकको नामकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्यसमेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखा प्रमुख दीपक धामीले बताए । 

“हाउस नम्बरिङ र रोड इन्फरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक  छ” उनले भने, “यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ । 

यसमा दायाँ–बायाँ क्रमशः जोर–बिजोर नम्बर दिने गरिन्छ । बाटोको आमन्ने–सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोडी नम्बर र बायाँतिर बिजोर नम्बर दिइने गरेको शाखा प्रमुख धामीले जानकारी दिए ।