close

बेनी-गलेश्वर सडकको लागि १४ करोड बिनियोजन

बेनी-गलेश्वर सडकको लागि १४ करोड बिनियोजन

Trulli
ADVERTISEMENT

म्याग्दी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु बेनी-गलेश्वर खण्डको सडक बन्ने भएको छ ।

एकदशक यता अस्तब्यस्त रहेको सडकखण्डमा बेनी–जोमसोम–कोरला सडकका आयोजनाले कालोपत्रे सहित आवश्यक संरचना बनाउन १४ करोड बजेट विनियोजन गरेपछि अब निर्माणकार्यले गति लिने भएको हो ।

आयोजनाले दुई दिन अघि कुल लागत २० करोड अनुमान गरी तत्काल १४ करोड बजेट बिनियोजन सहित टेन्डर गरेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । ‘एकबर्षभित्र नै सडकले गति लिन्छ, अब उक्त सडकखण्डको समस्या समाधान हुन्छ’आयोजना प्रमुख प्रजापतिले भने ।

तीन किलोमिटर दूरीको सडकमध्ये यसअगाडी निर्माण सम्पन्न भएको कालोपत्रे बाहेक करिब २ किलोमिटर सहित कल्र्भट, नाली, पर्खाल सहितका संरचनाहरू बनाइने छ ।

सडकखण्डमा रहेको दुईवटा बर्खे खोला सहित जोखिम मानिएका ठाउँमा आवश्यकता अनुसारको संरचना बनाइने छ ।

जीर्ण सडकका कारण प्रसिद्ध धार्मिकस्थल समेत रहेको गलेश्वर मन्दिरको दर्शनका लागि जोन भक्तजनले समेत सास्ती खेप्नु परेको छ । सडक विस्तारको क्रममा जलेश्वर खण्डमा स्थानीयको सयौं रोपनी जमिन भासिएको छ ।